खाेज्नुहाेस

बैतडीमा घरपालुवा कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप

Image

बैतडी- बैतडीमा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइँदैछ । विश्व रेबिज दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा जिल्लाका विभिन्न स्थानमा निशुल्क रुपमा रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा विशाल पाठकले बताए ।

navjiwan hospital

उनका अनुसार दिवसको अवसरमा दशरथचन्द नगरपालिका, मेलौली र पाटन नगरपालिकाका विभिन्न स्थानमा कुकुर बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाइएको छ । अब पाटन बजार क्षेत्रमा छाडा कुकुरहरुलाई पनि रेबिजविरुद्धको खोप लगाइने तयारी छ ।

attariya hospital

नेपालबाट सन् २०३० मा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य रहेकाले सोही अनुसार कुकुर–बिरोलोलाई खोप लगाउने कार्य भइरहेको डा पाठकले बताए । सुर्नया गाउँपालिकाले पनि पशु सेवा शाखामा रहेको खोप केन्द्रबाट घरपालुवा कुकुर बिरालोलाई निशुल्क रुपमा रेबिजविरुद्धको खोप लगाइरहेको छ ।