खाेज्नुहाेस

समितिमा अड्किएको गेटा विश्वविद्यालयको विधेयक छिटो पास गराउन माग

Image

अत्तरिया – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लामो समयदेखि अड्किएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पास गराउन माग गरिएको छ ।
मंगलबार अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले सिंहदरबार स्थित समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

ज्ञापन पत्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ माघ २९ मा निर्णय भई सो विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको प्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

‘सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको विश्वविद्यालय स्थापना सँग सम्बन्धित उक्त विधेयक राजनीतिक स्वार्थ र दाउपेच, सुदूरपश्चिम प्रतिको राज्यको व्यवहार तथा दृष्टिकोण र उपेक्षाको सिकार भएको विषय दुखद छ’ अखिल समाजवादीका नरेन्द्र सी को हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ ‘देशका सबै प्रदेशहरुमा १ वा १ भन्दा बढी चिकित्सा शिक्षा अध्यापनका संस्था र अस्पतालहरू सञ्चालनमा रहेको अवस्थामा विकासका दृष्टिले देशकै पछाडि परेको सुदूरपश्चिम प्रदेशमा भौतिक संरचनाहरू समेत निमार्ण भइसकेको अवस्थामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी र नीतिगत निर्णय नहुनु पीडादायक छ ।’

ज्ञापन पत्रमा विश्वविद्यालय सँग सम्बन्धित विधेयकमा उठेका विषयहरूमा छिटोभन्दा छिटो निरूपण गरी प्रतिनिधिसभाबाट यथाशक्य छिटो पारित गन माग गरिएको छ ।