खाेज्नुहाेस

अछाम पुगेर भीम रावलले भने ‘नेकपा एसमा जादैन’

Image

अछाम – नेकपा एमालेका नेता भीम रावलले आफू नेकपा एकीकृत समाजवादीमा नजाने बताएका छन । उनले नेकपा एसका नेताहरु सँग छलफल भएपनि आफू नजाने बताएका हुन । मंगलबार गृहजिल्ला अछाममा पुगेका नेता रावलले पत्रकारसँग कुरा गर्दै कुरा गर्दैमा पार्टीमा जाने हल्ला गर्नु गलत भएको बताए ।

navjiwan hospital

उनले भने, ‘म अहिले एकीकृत समाजवादीमा जाने तयारीमा छैन। नेताहरुसँग कुराकानीको कुरा त हाम्रो पार्टीको अध्यक्षले महन्थ ठाकुरदेखि देश टुक्याउँछु भन्ने सिके राउतसँग वार्ता गर्न हुने, मैले नेताहरूसँग वार्ता गर्न नहुने के छ ? मैले देश टुक्र्याउँछुर् भन्नेसँग वार्ता गरेको छैन। माधव नेपाल, झलनाथ खनाल हाम्रै पार्टीको नेता हुनुहुन्थ्यो ।’

attariya hospital

उनले एमालेका शीर्ष नेताहरुसँग केही समय अघि कुराकानी भएको भए अहिले नभएको बताए ।

उनले भने ‘हिजो पार्टी पार्टीका नेता कार्यकर्ता हुनुहुन्थ्यो उहाँहरुले कुरा गरौं भनेपछि नगर्ने पक्षमा अरु जस्तो पूर्वाग्राही छैन । पार्टी अध्यक्ष राष्ट्रको हितको पक्षमा काम गरे मैले सधैं समर्थन गर्छु नि !’ उनले पार्टीलाई विधि विधानअनुसार चलाउनुपर्छ भन्दा कारबाही गरिन्छ भने गरेर देखाउन नेतृत्वमाथि चुनौती दिए ।