गृहमन्त्रीलाई गृह जिल्लामा पछ्याउने प्रश्न : निर्मलाका हत्यारा खोइ ? 

Karma Consultancy
अत्तरिया – केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका रमेश लेखक अहिले गृह जिल्ला कञ्चनपुरको दौडाहामा छन् । उनी ३ दिन गृह जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । पहिलो पटक गृहमन्त्री भएपछि गृह जिल्ला आएका लेखकलाई गृहमन्त्री हुने बित्तिकै नै पछ्याएको प्रश्न थियो हो निर्मला पन्त हत्या प्रकरण ।
citizen security services
attariya hospital
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको यो प्रकरण अहिलेका गृहमन्त्रीको गृह जिल्लाकै भएका कारण पनि उनीप्रति अपेक्षा धेरै छन् । तर, गृहमन्त्री लेखकले भने अहिले निर्मला पन्तको विषयमा धेरै बोल्ने मनस्थितिमा देखिँदैनन् । न उनले निर्मला पन्त प्रकरण सँग सम्बन्धित कार्यक्रम नै तय गरेका छन् ।
उनी धनगढी विमानस्थलमा पुग्नेवितिकै आयोजित पत्रकार सम्मेलनमा पनि निर्मला पन्तको विषयमा प्रश्न गरिए पनि उनले त्यस विषयमा खासै बोल्न नै चाहेनन् । उनले निर्मला पन्त प्रकरणको अनुसन्धानले निरन्तरता पाउने मात्रै बताएका थिए । यपद्दी उनले चुनावताका होस या, निर्मला घटना भएको समयमा होस निर्मलालाई न्याय दिनको लागि निकै जोडतोडका साथ आवाज उठाएका थिए । तर, उनी गृहमन्त्री भएको डेढ महिना बितिसक्दा पनि यस विषयमा न खासै बोलेका छन् न त, अहिले सम्म कुनै गतिविधि गरेको देखिन्छ । तर, तीन दिन गृह जिल्लामा बस्ने कार्यक्रम तय गरेका गृहमन्त्री लेखकलाई निर्मला पन्त प्रकरणको प्रश्नले भने पच्छ्याउने निश्चित छ ।
belauri nagarpalika
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको अनुसन्धान निष्कर्ष छ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन् ।
गृहमन्त्रीको बुधवार सङ्घीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन गर्ने,  नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्ने, इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको भवन उद्घाटन गर्ने,  दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने  कार्य तालिका रहेको छ ।
यस्तै बिहीबार बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने, शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासँग भेटघाट गर्ने, धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उनी बिहीबार नै काठमाण्डौं फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.