खाेज्नुहाेस

अखिल क्रान्तीकारीको सम्मेलन अत्तरियामा हुने

Image

अत्तरिया – अखिल क्रान्तीकारी बिद्यार्थी सगंठन सुदुरपश्चिम प्रदेश समितिको दोश्रो सम्मेलन कैलालीको अत्तरियामा हुने भएको छ । यहि भदौ २४ र २५ गते सम्मेलन आयोजना गर्न लागिएको हो । ‘सबिंधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागि दोश्रो प्रदेश सम्मेलन’ मुल नाराका साथ अखिल क्रान्तीकारीले प्रदेशको दोश्रो सम्मेलन गर्न लागेको हो ।

navjiwan hospital

शनिबार नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सगंठनले दोश्रो सम्मेलन बारे जानकारी दिएको हो । क्रान्तीकारीका सुदुरपश्चिम प्रदेश अध्यक्ष दिपक डिसिले दोश्रो सम्मेलनको तयारी स्वरुप बिभिन्न उप समिति समेत गठन गरिसकेको बताए । भदौ २४ र २५ गते कैलालीको अत्तरिया स्थित नमस्ते हलमा हाम्रो सम्मेलन शुरु हुने जनाइएको छ ।

attariya hospital

दोश्रो सम्मेलनको लोगो समेत सार्वजनिक गरि सकिएको छ । दोश्रो सम्मेलनपछि ५१ देखी ९९ जनाको बिचमा प्रदेश कमिटि बन्ने बताइएको छ । ९ देखि १३ जना भित्रमा पदाधिकारी चयन गर्नुपर्ने अखिल क्रान्तीकारी सुदुरपश्चिमको बैठकले निर्णय गरेको छ । सदस्य तथा पदाधिकारीमा पनि ३५ प्रतिशत महिला अनिवार्य गरिएको छ ।