अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध (हेरोइन) र गाँज सहित एक युवक पक्राउ परेका छन । हेरोइन र गाँज सहित गोदावरी नगरपालिका – ८ जोनापुरबाट दिल बहादुर चौधरी पक्राउ परेका हुन ।

आफ्नो घरमा लागू औषध (हेरोईन) को कारोवार गर्दै आएको सूचना पाएको प्रहरीले खानतलासी गर्दा उनको शरिर र घरबाट लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार चौधरीको साथबाट २९० मिलिग्राम लागू औषध (हेरोईन) र घर बाहिर राखेको प्लाष्टिकको बोरामा २ किलो लागू औषध गाँजा बरामद गरिएको छ ।
















