खाेज्नुहाेस

गौरीफन्टा नाका स्तरोन्नतीका विषयमा मोदी सँग कुरा गरे : परराष्ट्रमन्त्री देउवा

Image

धनगढी – परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको बताएकी छिन । धनगढी उपमहानगरपालिका – ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको सतरोन्नती गरिदिन र धनगढीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाई दिन अनुरोध गरेको बताइन् ।

‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ’ देउवाले भनिन । उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताइन् । ‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु । यस नाकाले नेपाल र भारतको ब्यापार ब्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु । त्यो सबै कुरा भारतलाई लिखित रुपमा बुझाउन भनेको छु’ उनले भनिन ।

attariya hospital
navjiwan hospital

परारापष्ट्रमन्त्री देउवाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताइन । ‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीका विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ’ उनले भनिन । परराष्ट्रमन्त्री भएपछि देउवा पहिलो पटक गृहनगर धनगढी आएकी हुन । बुधबार विहान धनगढी विमानस्थलममा कार्यकर्ताहरुले उनको भब्य स्वागत गरेका थिए । मोटरसाईकल र कारमा पुगेका कार्यकर्ताहरुले नाराबाजी गर्दै परराष्ट्रमन्त्री देउवालाई विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म ¥याली गरेर पुगाएका थिए ।

मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो । मन्त्री राणा धनगढी स्थित आफ्नो घरमा गौरा विसर्जनका लागि आएकी हुन । आरजुले हरेक वर्ष धनगढी स्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउदै आएकी छन । विमानस्थलबाट आफ्नो निवास पुुगेकी देउवाले गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरि गौरा विसर्जन गरेकी छिन सो क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताईन् । उनले गौरा पर्व समृद्धिको पर्वको रूपमा समेत रहेको बताइन् ।

उनले भनिन् ‘म हरेक वर्ष गौरा पर्व मनाउन धनगढी स्थित घरमा आउने गरेकी छु, शनिबारदेखि गौराको बर्त बसेकी छु, आज व्रत समापनका लागि यहाँ आएकी हु ।’ मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।