खाेज्नुहाेस

प्रचण्डको अध्यक्षतामा माओवादीको सुदूरपश्चिम परामर्श बैठक सुरु

Image

धनगढी – नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश परामर्श बैठक सुरु भएको छ । माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबारदेखि बैठक सुरु भएको हो ।

navjiwan hospital

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी भएका छन् ।

attariya hospital

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी परामर्श बैठकमा सामेल छन् । दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी रहेको जनाइएको छ ।