भन्सार छलिका सामान बरामद

अत्तरिया – कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।

maya metro hospital

शुक्रबार र शनिबार गरेर प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याएका सामान बरामद गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका – ४ दक्षिणकाली र कैलारी गाउँपालिका – २ बसौतीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका १ एक २६ हजार १५० रुपैयाँ बराबरका समान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जसअन्तरगत कुर्ती, धोती, साडी, लेहंगा, प्लाजु, थान कपडा, सिलिङ पङ्खा लगायतका सामानहरु रहेका छन ।

attariya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० भुजेला र चौकीसत्ताबाट १ लाख २१ हजार ७१० रुपैयाँ बराबरका साडी, चप्पल, डायरी, लेमिनेशन पेपर, स्टेसनरीका सामान, इलेकट्रिक स्कुटर थान–१ लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.