लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् ।

maya metro hospital

उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.