विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन पारित

धनगढी – ‘सुदूरपश्चिम निजामती सेवा ऐन २०७९’ सुदूरपश्चिम प्रदेश सभाबाट पारीत भएको छ । राना थारु समुदायको विरोधका बीच बहुमतले ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको हो ।

maya metro hospital

आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले मंगलबार प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका थिए ।

माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाए । नेकपा (एमाले) र कांग्रेसका सांसदहरूले भने उक्त विधेयकको समर्थन गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.