बैतडी – बैतडी जिल्ला अस्पतालमा पुनः दन्त सेवा सुरु भएको छ । अस्पतालमा कार्यरत बिडिएस डाक्टरको सरुवा भएपनि केही दिन अवरुद्ध बनेको दन्त सेवा पुनः सुरु भएको हो ।
अस्पतालमा बिडिएस डाक्टरका रुपमा डा. दिपेन्द्र कुमार यादव हाजिर भएपछि दन्त सेवा पुनः सुचारु भएको अस्पतालका प्रमुख डा. सुशिल बिकले जानकारी दिए ।
अस्पतालमा आईतबार देखी दातसम्बन्धी सबै सेवाहरु सुचारु भएको उनले बताए ।