काठमाण्डौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी काठमाण्डौंले आज गुरु पूर्णिमा मनाएको छ ।


गुरु पूर्णिमाको दिन आफूलाई शिक्षा दिने गुरुप्रति सद्भावपूर्ण पूजा र सम्मान गर्दै गुरु पूर्णिमा मनाइएको हो ।
सो अवसरमा नेपाल सरकारको पूर्ण छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालाजुमा अध्ययनरत डिप्लोमा इन बायो मेडिकल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले गुरु पूर्णिमाको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न विद्यार्थीहरूले गीत, कविता, गाउनुका साथै शुभकामना मन्तव्य दिएका थिए ।
सहायक प्रधानाध्यापक प्रदीप न्यौपानेले प्रमुख अतिथ्यतामा भएको कार्यक्रम विद्यार्थी तीर्थ नेपालीले सञ्चालन गरेका थिए ।


















