खाेज्नुहाेस

झुलाघाटस्थित महाकाली भन्सार कार्यालयद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

Image

बैतडी – बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०८०/८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरिएको हो ।

navjiwan hospital

जुन लक्ष्यभन्दा ३५ लाख ९५ हजार ९० रुपैयाँ बढी रहेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिएका छन । कार्यालयले भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरेको जनाएको छ ।

attariya hospital

पैठारीबाट ६३ लाख ७७ हजार २ सय ६४ रुपैयाँ, मूल्य अभिवृद्धि करबाट २१ लाख ७२ हजार ९ सय ५ रुपैयाँ, भन्सार सेवा दस्तुरबाट १ लाख ८० हजार रुपैयाँ र अन्तशुल्कबाट २५ हजार ९ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख झाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा ३८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयाँमात्रै संकलन भएको थियो । भन्सार क्षेत्रमा गरिएको कडाई, आयातमा वृद्धि लगायतका कारणले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयले जनाएको छ ।