
एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेका अनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ ।

राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसकेका बीबीसीले जनाएको छ । अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेनलाई कोरोना सङ्क्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । ८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।
