बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा हिंसा पीडित महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । हिंसामा परेका महिलालाई प्रत्येक वडाबाट एक जना समावेश गरी बाख्रा वितरण गरेको नगर उपप्रमुख माया कुवर खड्काले बताइन् ।

उनले २ सय ३६ लैङ्गिक हिंसा प्रभावितहरूको पहिचान गरी ४२ जनालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा प्रदान गरिएको र बुढीगंगाका १० जना हिंसा पीडित महिलालाई प्रति महिला २० हजार बराबरका बाख्रा वितरण गरिएको बताइन् ।

उनले यसअघि पनि उपप्रमुख महिला लक्षित कार्यक्रम अन्तर्गत २० जना हिंसा पीडित महिलाहरूलाई आयआर्जनका लागि उन्नत जातका बाख्रा वितरण गरिएको बताइन् ।
