खाेज्नुहाेस

कैलालीमा आज कहाँ-कहाँ छ सार्वजनिक बिदा ?

Image

कैलाली- बुधबार कैलालीको भजनी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकालगायतका पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

navjiwan hospital

कमैया मुक्ति दिवसको अवसरमा पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएका हुन् । २४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन् ।

attariya hospital

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैयारुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए ।