रुकुम पश्चिम- रुकुम पश्चिममा बाढीले बगाएर तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)-१२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् । बाढीले बगाएर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

त्यस्तै अन्य ६ जना घाइते भएका छन् । १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


















