
धनगढी – कैलालीको धनगढीबाट चार लाख घुस सहित कृषि प्राविधिक पक्राउ परेका छन । शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक कर्मचारी ४ लाख १२ हजार रुपैयाँ सहित घुस सहित रंगेहात पक्राउ परेका हुन । पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन् ।
उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो । उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए ।
उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगर लगिएको छ ।














