खाेज्नुहाेस

बुढीगंगामा आएको बाढीले तटीय क्षेत्र जोखिममा

Image

अछाम – अछाममा बुढीगंगामा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेको छ । बिहीबारदेखि लगातार परेको वर्षाका कारण बुढीगंगा नदीमा पानीको वहाब बढेपछि तटीय क्षेत्र जोखिममा परेको हो । वर्षाले बुढीगंगा सँगै , छिपेखोला, प्रभाली खोलामा पानीको सतह ह्वात्तै बढेको छ ।

navjiwan hospital

हरेक वर्ष वर्षायाम सुरु भएसँगै बुढीगंगा नदी, छिपेखोला र प्रभाली खोलाले बस्ती डुवानमा पार्नुका साथै खेतियाग्य जमिन कटान गर्दै आएको छ । विभिन्न ठाउँका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । साँफेबगरमा रहेको विद्युत प्राधिकरणको कार्यालय डुबानमा परेको छ ।

attariya hospital

बुढीगंगा नदी तटीय क्षेत्रका नागरिकहरुलाई सचेत र सुरक्षित रहन सूचना जारी गरेको साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले बताए । वर्षाका कारण साँफेबगर–मार्तडी सडक खण्डको बुढाबगरमा पहिरो गएर सडक अबरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी शिब लम्सालले बताए ।

जिल्ला प्रशासनमार्फत पनि सतर्क र सुरक्षित रहन सबैमा सूचना गरेको प्रजिअ लम्सालले बताए । २०७८ कार्तिक महिनामा आएको बाढीले साँफेबगर नगरपालिका– ४ मष्टामाण्डौको ७४ रोपनी र रिडिकोटमा २८ रोपनी खेतियोग्य जमिन बगाएको थियो । नदीको कटानका कारण साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौं घरहरु समेत जोखिममा रहेका छन् ।