खाेज्नुहाेस

पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

Image
file photo

बभाङ– बभाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

attariya hospital

पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

अपडेट : बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु