खाेज्नुहाेस

निसर्ग हस्पिटलले ग-यो आर्थिक अभाव भएका गोपालको निःशुल्क उपचार

Image

धनगढी – धनगढीको हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक जना विरामीको निःशुल्क उपचार गरिदिएको छ । घरनजिककै घाँसको रुखबाट लडेर हात भाचिँएका धनगढी– १२ जुगेडाका ३४ वर्षिय गोपाल थापाको हस्पिटलले निःशुल्क उपचार गरिदिएको हो ।

लडेर हात भाँचिएका थापालाई परिवारका सदस्यले निसर्ग हस्पिटलमा लगेका थिए । उनको आर्थिक अबस्था निकै कमजोर रहेको थाहा पाएपछि एक साता सम्म निशुल्क उपचार गरेर शुक्रबार थापालाई डिस्चार्ज गरेको हस्पिटलले जनाएको छ ।

attariya hospital
navjiwan hospital

हस्पिटलका हाड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर श्रीराम खाती, डाक्टर ओमकार बिष्ट, डाक्टर बम बहादुर कुँवर तथा एनेस्थेसियोलोजिस्ट डाक्टर द्धय हेमन्त ओझा र सुनिल भट्ट लगाएतको टिमले थापाको भाँचिएको हातको सफल सल्यक्रिया गरेका थिए ।

थापाकी आमा दिलमाया थापाले छोराको उपचार निःशुल्क गरिदिएको भन्दै हस्पिटल परिवारलाई धन्यवाद दिईन । उनले भनिन् ‘हाम्रो त केहि थिएन कोहि थिएन, बिहान बेलुकिको खाना कसरी जुटाउने भन्ने मान्छे यत्रो ठुलो पैसाले कसरी उपचार गर्थे होला ? मेरो छोराको निःशुल्क उपचार गरिदिएर यो हस्पिटलले हामीमाथी ठुलो गुन लगाएको छ ।’

बिरामिका आफन्तले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी थापाको निःशुल्कउपचार गरिदिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताएका छन । हस्पिटले विगतदेखी नै बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकाहरुलाई उपचारमा सहयोग गर्दै आएको छ ।