अछाम – सडक माथिबाट पहिरो आएपछि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राती साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरोले सडक अवरुद्ध भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

स्थानीय तहसँगको समन्वयमा अहिले अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन् ।



















