अछाम – अछाममा अत्यधिक गर्मीले लाइटर पड्किँदा एक घर जलेको छ । अछाम ढकारी–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घर जलेको हो ।

स्थानीय नेत्रबहादुर बुढाले चुलो छेउमा राखिएको लाइटरभित्रको ग्यास विस्फोट भएपछि एकाएक आगो लागेको बताए ।

आगलागीका कारण घरमा रहेको केही नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ ।



















