बैतडी- जिल्ला अस्पताल बैतडी देशभरका प्राथमिक अस्पतालहरुमध्ये उत्कृष्ट बन्न सफल भएको छ । अस्पातलले दिने सेवा, उपकरण, भौतिक व्यवस्थापन लगायतको मूल्यांकन गरेर उत्कृष्ट घोषणा गर्ने गरिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको उपचारात्मक महाशाखा र निक साइमन इन्ष्च्यिुटले गरेको अध्ययनपछि जिल्ला अस्पातल बैतडी उत्कृष्ट बन्न सफल भएको हो ।

देशभर रहेका ७२ ओटा प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी उत्कृष्ट बन्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए । गत वर्ष पनि जिल्ला अस्पताल प्राथमिक अस्पतालहरुमध्ये उत्कृष्ट भएको थियो ।


















