
काठमाडौँ- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशका ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको बताएको छ ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १३० जनामा डेंगु पुष्टि भएको छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण पनि बढ्ने महाशाखाको भनाइ छ ।



















