बझाङ- बझाङमा यार्सा सङ्कलन गरिरहेका एक युवक भिरबाट लडेर गम्भीर घाइते भएका छन् । साइपाल गाउँपालिका-१ का २० वर्षीय लक्ष्मण धामी यार्सागुम्बा संकलन गर्ने क्रममा भिरबाट लडेर रम्भीर घाइते भएका हुन् ।

आइतबार बिहान साइपालको बाटुलसेरामा यार्सागुम्बा संकलन गर्न गएका उनी बाटुलसेरा भिरबाट लडेर गम्भीर घाइते भएका वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र धामीले बताए । उनलाइ सो भिरबाट स्थानीयले हिजो राती निकालेका थिए ।

उनको उपचारका लागि हेलिकोप्टरको पहल भइरहेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए ।
















