डडेल्धुरा – यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम छनोटका लागि डडेल्धुराको टिम घोषणा भएको छ । कैलाश ऐरको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो ।

डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरिप्रसाद उप्रेतीका अनुसार टोलीको अन्य खेलाडीमा किरन देउवा (उपकप्तान), कृष्ण भट्ट, किसन सिह विष्ट, राज बिश्वकर्मा, सचिन साउद, निरज ऐर, आयुष्मान शाही ठकुरी, एस कुमार कठायत, सुवेश सिंह रावल, सागर साउद, राजेश ऐर, विकास ऐर र मान साउद रहेका छन् ।

यस्तै बैकल्पिक खेलाडीमा सुजल केसी, दान ठगुन्ना, कमल रावल र मनोज बुढाऐर रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।


















