
अत्तरिया- कञ्चनपुरमा दुई लाख मूल्य बढीको अवैध सामान फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ इन्टरनेशनल स्कुल नजिक, भीमदत्त-१० विद्युत कार्यालय नजिक, पुनर्वास नगरपालिका-१ ढक्का र लालझाडी गाउँपालिका-६ चान्देउमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ९ हजार ३३१ मूल्यको सामान फेला परेको हो ।
पेय पदार्थ, बिडी, सरफ, तरकारी, काँक्रा, थान कपडा, खानेतेल, प्लाष्टिक झिल्ली, माछा, हार्डवेयर र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
















