डोटी – ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाजले खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

स्वस्थ व्यक्तिले जुनसुकै ठाउँमा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

खप्तडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ जनाले रगत दान गरेका छन । जसमा समाजका केन्द्रिय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गरेका थिए । उनीहरुले नेपालमै पहिलो पटक ३२ सय मिटरको उचाई रक्तदान गरेका हुन ।
















