खाेज्नुहाेस

अछाममा आधारभूत तहको नतिजा नाजुक

Image

अछाम – अछामका विद्यालयको आधारभुत तह कक्षा–८ को नतिजा नाजुक आएको छ । यसअघिका वर्षहरुमा विद्यालयहरुले नै उत्तरपूस्तिका जाँच गरेर नतिजा निकाल्दै आएकोमा यस वर्ष पालिकाबाट उत्तरपूस्तिका जाँच गरेर नतिजा प्रकाशन गर्दा नतिजा नाजुक आएको हो । जिल्लाका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

मेल्लेख गाउँपालिकामा परीक्षामा सहभागि ६ सय २७ जना विद्यार्थीमा १ सय ४ जना मात्रै उत्तीर्ण भएका छन् भने बान्नीगढी जयगढ गाउँपालिकामा ३ सय ३७ जनामा ४८ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

attariya hospital
navjiwan hospital

जिल्लाको सदरमुकाममा रहेको मंगलसेन नगपालिकाभित्र रहेका १६ वटा आधारभुत तहबाट कक्षा–८ को परीक्षा दिएका ६ सय ८० मध्ये २ सय ५१ जना मात्रै उत्तीर्ण भएका छन् ।

मंगलसेन नगरपालिकाको शिक्षा शखाका सहायक प्रमुख दिपक भण्डारीका अनुसार ३६. ११ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । कक्षा–८ का सबै उत्तरपुस्तिका जाँच गर्ने र नतिजा सार्वजनिक गर्नेसम्मको काम पहिलो पटक नगरपालिकाले गरेको उनले बताए ।

विगतमा विद्यालयबाट परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गरीदा ८० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण हुने गरेका थिए ।