अछाम – अछाममा आगलागीका कारण ४५ दिनका शिशु गम्भीर घाइते भएका छन । आईतवार साँझ जिल्लाको पञ्चदेवल बिनायक नगरपालिमा– ८ की बिन्द्रा बि.कका शिशु गणेश बि.क आगलागीका कारण गम्भीर घाईते भएका हुन ।

आफ्नै घरको चुलो नजिक सुताई आफु बाहिर गएको अवस्थामा चुलोमा बालेको आगोबाट एक्कासी बच्चा सुताएको कपडामा आगो सल्किन गएको बताईएको छ ।
शिशुको बाँया पट्टीको शरिर जलेको छ ।

उनको स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात प्रादेशिक अस्पताल सुर्खेतको लागी रिफर गरिएको प्रहरीले बताएको छ ।


















