खाेज्नुहाेस

गोदावरीमा एक करोडको डिप ट्युवेल अलपत्र, किसानलाई सास्ती

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ खैरानामा एक करोडको लागतमा निर्माण गरिएको डिप ट्युवेल (बोरिङ) अलपत्र परेको छ । महाकाली सिचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरले एक वर्ष अघि नै उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरेको डिप ट्युवेल अलपत्र परेको हो । ६० विगाहामा सिचाईँ पु¥याउने लक्ष्यका साथ ट्युवेल जडान गरिएपनि निर्माण सम्पन्न भएर पनि ट्युवेल संचालनमा नआउँदा स्थानीयले सिचाइका लागि समस्या भोग्दै आएका छन ।

ट्युवेल नजिकै ८ विगाहामा केरा खेती गरेका वीर सिह धामीले निर्माण भएर किन बन्द भएको बारेमा कुनै जानकारी नभएको बताए । उनले ट्युवेल निर्माण भएपछि केरा बारीमा सिँचाई गर्न सहज हुने अपेक्षा लिएपनि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआउँदा समस्या भएको बताए । ‘मेरो सानो निजी बोरिङ छ । यसले पुरै सिँचाई गर्न १०÷१५ दिन लाग्छ’ उनले भने ‘मल हालेर एकैपटक सिँचाई गर्नुपर्ने भएपनि थोरै पानीले सम्भव हुँदैन । डिप ट्युवेल सञ्चालनमा आइदिए सहज हुने थियो । कसले बनाएको हो । किन सञ्चालन गरिएन भन्ने थाहा भएन ।’

add everest academy
attariya hospital

स्थानीय धन बहादुर चौधरीले एक वर्ष अघि नै काम सकिएको भएपनि डिप ट्युवेल सञ्चालन नगरिएको बताए । ‘विद्युत जडान गरिदिन आग्रह गर्दा पनि सुनुवाई भएको छैन । काम सकिएको हो विद्युत जडान गर्न मात्रै बाँकी हो भन्छन’ उनले भने ‘बोरिङ सञ्चालनमा आइदिएको भए सस्तोमा सिचाइ गर्न पाइन्थ्यो ।’

स्थानीय मान बहादुर चौधरीले डिप ट्युवेल संचालनमा भइदिए सिँचाई गर्न सहज हुने भएपनि सञ्चालनमा ढिलाई भएको बताए । ‘सञ्चालनमा आएको भए राम्रै हुन्थ्यो’ उनले भने ‘विद्युत जडान गरिदिन भनेपनि काम भएको छैन ।’ उनले व्यक्तिगत बोरिङबाट सिँचाई गर्दा महङ्गो पर्नुका साथै सिँचाई गर्न समय पनि बढी लाग्ने बताए ।

navjiwan hospital

डिप ट्युवेल उपभोक्ता समिति मार्फत निर्माण गरिएको थियो । डिप ट्युवेलको पाइलाईन पनि विस्तार गरिसकिएको छ । महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका सालिक भुसालले टिओडी मिटर जडान नहुँदा डिप ट्युवेल सञ्चालनमा नआएको बताए । उनले टिओडी मिटर जोड्ने काम समितिको भएको बताए ।

attariya technical collage

‘टीओडी मिटर जोड्नुपर्ने हुन्छ । त्यो मिटर नजोड्दा नचलेको हो । टिओडी मिटर जडान गर्ने काम समितिको हो’ उनले भने ‘जसका लागि ट्रान्सफर्मरको भ्याटबिल आवश्यक हुन्छ । त्यसका लागि समितिले निर्णय गरेर वडाको सिफारिस लिनुपर्ने हुन्छ ।’

डिप ट्युवेलको २०७९ जेष्ठ २० गते गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । वडा अध्यक्ष हेम प्रकाश मल्लले भने टिओडी मिटर पनि ल्याइसकिएको बताए । उनले मिटरमा विद्युत कनेक्सन गर्न बाँकी रहेकाले २÷३ दिन भित्रमा डिप ट्युवेल सञ्चालनमा आउने बताए । गहुँमा सिँचाई गर्ने समयमै ट्युवेल सञ्चालन गर्ने योजना रहेको भएपनि बजेट अभावका कारण सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

भिडियो