खाेज्नुहाेस

अछामको वैद्यनाथ धाममा राष्ट्रपति पौडेल

Image

धनगढी- राष्ट्रपति रामचन्द्र पौडेल अछामको वैद्यनाथ धाम पुगेका छन् । उनले साँफेबगर नगरपालिका–१ मा अवस्थित वैद्यनाथमा आयोजना गरिएको ‘कोटिहोम’को उद्घाटन गरेका छन् ।

navjiwan hospital

बिहीवारबाट सुरु भई फागुन २५ गतेसम्म हुने कोटिहोम महायज्ञमा एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको हो ।

attariya hospital

वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, लोक संस्कृति, कोककला, लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गरिएको बताइएको छ ।