अछाम- अछामको एक पसलमा चट्याङ लागेर आगलागी भएको छ । मेल्लेख गाउँपालिका-६ नन्देश्वरीका ५५ वर्षीय दीपक बोहराको २ कोठे किराना पसलमा चट्याङ लागेर आगलागी भएको हो ।
गएराति १० बजेतिर चट्याङ लागेर भएको आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।