खाेज्नुहाेस

अछाममा बदेँल आतंक, एक पुरुष गम्भीर घाइते

Image

अछाम – अछाममा जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन।

बदेलको आतंक जारी रहेका बेला बदेलको आक्रमणमा परेर मंगलसेन नगरपालिका–६ का ४९ वर्षीय रामप्रसाद भण्डारी गम्भीर घाइते भएका छन । उनलाई खेताडा टोलमा बस्तिमा छिरेको बदेललाइ लखेटने क्रममा बदेलले आक्रमण गरेको हो ।

attariya hospital
navjiwan hospital

भण्डारीको अनुहार, तिर्घा, दुवै हात लगायत शरिका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल अछामले सामान्य उपचार गरेर सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरेको छ।

यसअघि मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला बदेलले आक्रमण गरेको थियो ।

माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । त्यसैगरी माघ १६ गते नै मङ्गलसेन–७ को जनालीबण्डालीमा पनि बँदेलको आक्रमणबाट दुईजना घाइते भएका थिए ।