
अछाम- अछाममा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका-५ स्थित बजारबाट सोही ठाउँका २२ वर्षीय अरुण टेलर र मंगलसेन-४ का २० वर्षीय जिवन भुल पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रिगाबालिन लेखेको लागुऔषध ५ थानसहित बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



















