भन्न मन थियो क्यार्नु यू आर माइन्
रोज, चकलेट, टेड्डी आएन पर्यौ आफै फाइन
तिम्ले फकाउन अब सहज छैन मलाई
भो अर्कैसँग मनाउँछु म त ह्याप्पी भ्यालेन्टइन ।

संगीता पनि हेर रोज बोकी आइन्
हिजो मात्रै मलाई टेड्डी पनि देखाइन्
मायाले ल्याइदेको भन्दै मख्खै परिराथिन्
भो अर्कैसँग मनाउँछु म त ह्याप्पी भ्यालेन्टाइन ।


ब्वाइफ्रेन्ड पनि हेर उसको रैछ नि नाइस
लभ पर्याथ्यो रे उसको कट्दाखेरी बाइस
घण्टौँ कुरा हुन्छ हाम्रो भनी खुब सुनाइन्
भो अर्कैसँग मनाउँछु म त ह्याप्पी भ्यालेन्टाइन ।
साथीहरुले देखाए गिफ्ट कति कति
को होला अभागी लाग्यो मलाई म जति
४० वर्षकी भाउजू पनि आज कति रमाइन्
भो अर्कैसँग मनाउँछु म त ह्याप्पी भ्यालेन्टाइन ।
















