खाेज्नुहाेस

गोदावरीको न्यायिक समितिमा २७ नयाँ मुद्दा दर्ता

Image

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको न्यायिक समितिमा २७ ओटा नयाँ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा २७ ओटा नयाँ मुद्दा दर्ता भएका हुन् ।

न्यायिक समितिका अनुसार चालु वर्षमा गत आर्थिक वर्षका १८ विवाद सरिआएका छन् । सरिआएका र नयाँ गरी जम्मा ४५ मुद्दा दर्ता भएकामा समितिले ३८ मुद्दा फर्छ्यौट भइसकेका जनाएको छ । बाँकी ७ ओटा मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेका बताइएको छ । फर्छ्यौट भएका ३८ मुद्दामध्ये २५ मुद्दा न्यायिक समितिमा मेलमिलाप भएका र १३ मुद्दा मेलमिलाप केन्द्रमा मेलमिलाप भएका बताइएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी जग्गा विवादका १२ मुद्दा परेका छन् । तीमध्ये १० ओटा फर्छ्यौट भइसकेका छन् भने दुई मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेका छन् । त्यसैगरी लेनदेनका ८ मुद्दा परेकामा ७ ओटा फर्छ्यौट भइसकेका छन् । गालीगलौजका ६ मध्ये ५ ओटा, घरबहालका ३ मध्ये १ र खानलाउन तथा शिक्षादीक्षा नदिएको भन्दै परेका २ मुद्दामध्ये १ मुद्दा फर्छ्यौट भएको छ ।

बाटो विवादका ३, अंश मुद्दाका २, श्रीमान श्रीमतीबिच विवादका ४, बाली नोक्सानी, जेष्ठ नागरिक पालनपोषण नगरेको, आफ्नो घरको छतको पानी अरुको जग्गामा झारेको, फोहोरमैला फालेर असर गरेको र छिमेकीले घर बनाउँदा आफ्नो घरमा क्षति पारेको भन्दै क्रमश: १/१ मुद्दा दर्ता भएकामा सबै फर्छ्यौट भइसकेका छन् ।

आइतवार नगरपालिकाको सभा हलमा नगरस्तरीय सरोकारवालाहरुसँग न्याय सम्पादन त्रैमासिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नगरपालिकाको न्यायिक समितिद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा न्यायिक समितिले हेर्न पाउने मुद्दाहरु लगायतका विषयमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सो विषयमा अधिवक्ता गणेश कडायतले प्रशिक्षण गरेका थिए ।

attariya technical collage