धनगढी- धनगढीमा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । धनगढीको ट्राफिक चौराहबाट बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनको साथबाट एक किलो ४२ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । बोहरालाई सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेससहित पक्राउ गरेको बताइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















