दिमागमाथि दिल हाबी हुँदा हो
मुटुमा तिम्रो नाम दाबी हुँदा हो
माया नगाँस्ने भनी तर्की हिँड्थे म
माया बस्यो तिमी सुन म चाँदी हुँदा हो ।

दिलको ढोका खोल्ने तिमी चाबी हुँदा हो
मेरा लागि पुलिस तिमी आर्मी हुँदा हो
जति नै कोसिस गर्दा पनि सकिएन टाढिन
मलाई दुख्दा आँसु तिम्ले झार्ने हुँदा हो ।


पितललाई सुन बनाउन तिमी राजी हुँदा हो
जीवनको डुङ्गा खियाउने माझी हुँदा हो
यसै त्यसै अलपत्र थिए सायद म त
हात समाती डोर्याउने साथी हुँदा हो ।
म आगो तिमी पानी हुँदा हो
म खोक्दा तिमी बिरामी हुँदा हो
मैले मैलाई नियाले जब
मेरो निन्द्राको तिमी सिरानी हुँदा हो,
माया नगाँस्ने भनी तर्की हिँड्थे म
माया बस्यो तिमी सुन म चाँदी हुँदा हो ।
















