अत्तरिया – डोटिको आदर्श गाउपालिका – ४ मा रहेको तेडि दुर्गा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष रमेश नेपालिको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथी आदर्श गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकाया रहेकी थिइन ।

गाउपालिकामै दर्ता भएको पहिलो सहकारी का रुपमा रहेको उक्त सहकारिमा १२६ जना शेयर सदस्यहरु रहेका संस्थाका सचिव धर्मराज ओझाले जानकारी दिए । संस्थाको कुल शेयर पुँजी ३६ लाख ३३ हजार ६३२ रहेको उनले बताए ।



















