अत्तरिया- अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका-५ की २० वर्षीया किरण शाह र १९ वर्षीया पार्वती शाह भालुको आक्रमणबाट घाइते भएका हुन् ।

उनीहरुलाई बुधबार बिहान घाँस काट्न गएका बेला सल्लिकोट सामुदायिक वनमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।

दुबै जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत जिल्ला बाहिर लैजाने तयारी भइरहेको उनले बताए ।


















