बैतडी- बैतडीका एक युवक डडेल्धुरामा मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ डडेल्धुराको अमरगढी नगरपालिका-८ मा मृत अवस्थामा फेला परेका हुन् ।
नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरा बस्दै आएका थिए । उनकी श्रीमतीको मानसिक सन्तुलन ठिक नभएको सुन्नमा आएको र श्रीमतीबाटै घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् । सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

उनको शव डडेल्धुरा अस्पतालको शव गृहमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।



















