खाेज्नुहाेस

बझाङ र बैतडीलाई काठमाडौँ महानगरले एम्बुलेन्स उपलब्ध गराउने

Image
सांकेतिक फोटो

अत्तरिया- काठमाडौँ महानगरपालिकाले बझाङ र बैतडीमा एक,एक ओटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । बझाङको साइपाल गाउँपालिका र बैतडीको सिगास गाउँपालिकालाई महानगरले एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।

navjiwan hospital

महानगरले असोज ४ गते ३५ ओटा एम्बुलेन्स वितरणका लागि देशभरका इच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो । सोही सूचनाको आधारमा साइपाल र सिगासले तोकिएको मापदण्डअनुसार विवण उपलब्ध गराई महानगरपालिकासँग एम्बुलेन्स माग गरेका थिए । महानगरले दुई ओटै पालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने निर्णय गरेको छ ।

attariya hospital

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम प्रक्रियाहरु अवलम्बन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुटको व्यवस्था मिलाएर सम्पूर्ण कागजातसहित महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ ।