कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी – २ मा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । आइतबार प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले उपचार केन्द्रको उद्घाटन गरेका हुन ।
उद्घाटन संगै केन्द्रमा निशुल्क आँखाको चेकजाँच गरिएको थियो । जसमा ८६ जनाले निशुल्क सेवा लिएको गाउँपालिका प्रमुखका स्वकीय सचिव कुलैराज उपाध्यले बताए ।

बिगतमा सेभ हाउस नामको भवन र पछिल्लो समय गाउँपालिका अमिनको कार्यालय रहेको भवनमा उपचार केन्द्र राखिएको छ । उक्त भवनबाट स्थानीयले आँखा चेकजाँच, उपचार (अप्रेसन बाहेक), चस्मा बनाउने लगायतका सेवाहरु पाउने छ्न । उपचार केन्द्रमा दुई जना आँखा सम्बन्धि डाक्टरले सेवा दिनेछन ।
















