अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नौ वटै वडामा आँखा शिविर सञ्चानल गरिने भएको छ । कृष्णपुर नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोगमा निःशुल्क आँखा शिविर संचालन हुन लागेको हो ।
पुस १ गते देखि हुने शिविर पुस १७ गते सम्म संचालन गरिने नगरपालिकाले जनाएको छ । शिविरमा निःशुल्क आँखा जाँच, निःशुल्क चश्मा वितरण तथा आवश्यकताका आधारमा धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।

शिविर पुस १ गते वडा नम्बर १ को कुमगडा, पुस २ गते दोमिल्ला, पुस ३ गते निगाली, पुस ४ गते वडा नम्बर २ को नन्दीपुर, पुस ५ गते गड्बिजुला, पुस ६ गते वडा नम्बर ३ को कटान, पुस ८ गते वडा नम्बर ४ को मालुबेला, पुस १० गते साहारानगरमा शिविर सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै पुस ११ गते वडा नम्बर ५ को गुलरिया, पुस १२ गते वडा नम्बर ६ को मौरीफाँटा, पुस १३ गते वडा नम्बर ७ को कलुवापुर, पुस १६ गते वडा नम्बर ८ को बिचवा र पुस १७ गते वडा नम्बर ९ को राजघाटमा शिविर सञ्चालन गरिने जनाइएको छ ।
















