दार्चुला- जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर आएका छन् । हाडजोर्नी विशेषज्ञ डा.प्रह्लाद थापालाई प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेको हो ।
उनलाई मंगलबार एक कार्यक्रमकाबीच स्वागत गरिएको थियो । लामो समयको सङ्घर्षपछि हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख एवम् निमित्त मेसु संजिव श्रेष्ठले बताए ।















