खाेज्नुहाेस

गोदावरीका ३६ महिला स्वास्थ्य स्वयं सेविका सम्मानित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ३६ जना महिला स्वास्थ्य स्वयं सेविका सम्मानित भएका छन । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा अत्तरियामा आयोजित एक कार्यक्रमका बीच गोदावरीका १२ वटै वडाका स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मानित गरिएको हो ।

नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरका प्रत्येक वडाका ३/३ महिलाहरूलाई सम्मान गरिएको छ ।

attariya hospital

कार्यक्रममा निवृत्त भएका स्वास्थ्य स्वयं सेविका ४ जनालाई पनि दोसल्ला ओडाएर सम्मानित गरिएको छ । विवृत्त भएर सम्मानित हुनेमा वडा नम्बर १ की मिना जोशी, वडा नम्बर ५ की लिलावती राना, वडा नम्बर ११ का रेवती भारती र हिरा कुवर रहेका छन । नगरपालिकाले निवृत्त हुने स्वास्थ्य स्वयं सेविकालाई ५० हजार दिने गरेको छ ।