खाेज्नुहाेस

विपन्नलाई सेवा दिन स्वास्थ्य शिविर आयोजना, २१७ जनाले लिए सेवा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । अत्तरिया जेसिजले नगरपालिकाको वडा नं. ६ बडेहामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा शनिबार स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

मौषम परिवर्तन सँगै सामान्य रुपमा देखिने रोगहरुलाई समुदायस्तरमै समाधान गर्ने लक्ष्यका साथ जेसिजले स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरबाट २१७ जनाले सेवा लिएको जेसिज वर्ष २०२३ का अध्यक्ष मान बहादुर ऐरले जानकारी दिए । उनले शिविरले न्यून आयस्रोत भएका नगरका बजार क्षेत्रभन्दा बाहिरका नागरिकहरुलाई सेवा दिएको बताए । विपन्न परिवारका नागरिकहरुलाई सेवा दिने आफुहरुको उद्देश्य रहेको उनले बताए ।

attariya hospital

उनले स्वास्थ्य शिविरमा आएकाहरुको चेकजाँचका साथै औषधी पनि प्रदान गरिएको बताए । शिविरलाई अत्तरियामा रहेको पद्मा अस्पताल प्रा.लि. ले सहयोग गरेको छ । अस्पतालले स्वास्थ्य सामग्रीका साथै डाक्टरहरु पनि उपलब्ध गराएको थियो । यस्तै गोदावरी नगरपालिका वडा नं. ६ को कार्यालय र शैलेश्वरी माध्यमिक विद्यालय पनि स्वास्थ्य शिविरको सहयोगीको रुपमा रहेका छन ।

बजारक्षेत्रभन्दा टाढाका नागरिकहरुलाई सेवा दिनका लागि आगामी दिनमा पनि जेसिज अग्रपंतीमा रहेर कार्य गर्ने अध्यक्ष ऐरले जानकारी दिए ।